काठमाडौं । नेपाल गोजुकाई कराँते डो संघको आयोजनामा सुरु भएको दोस्रो संस्करणको उमा खुला राष्ट्रिय कराँते च्याम्पियनसिपमा काता र कुमुते गरी नौ स्वर्णको छिनोफानो भएको छ । काता विधामा पुरुषतर्फ लुभु डोजोका सागर मोक्तानले स्वर्ण जित्नुभएको छ । लुभुकै अनिल बलले रजत जित्नुभयो भने ठैवका अञ्जन मगर र ऋतम्भरा डोजोका सोहन मगरले कास्य पदक जित्नुभयो । महिलातर्फ मनमैजु डोजोकी पुष्पका लामाले स्वर्ण जित्नुभयो । नेपाल हायासी हा डोजोकी निरुता श्रेष्ठले रजत तथा लुभु डोजोकी आयुशा राई र मानसिंह डोजोकी अनु मोक्तानले कास्य पदक जित्नुभयो ।
कुमुतेतर्फ पुरुषमा चार र महिलामा तीन स्वर्णको छिनोफानो भयो । चाबहिलस्थित स्मार्ट प्यालेसको हलमा आयोजित प्रतियोगितामा पुरुष ३० केजीमुनि तौल समूहमा मनकामना डोजोका समीर रानामगरले ठैव डोजोका अर्जुन सुनारलाई हराउँदै स्वर्ण जित्नुभयो । नेशनल युनाइटेड स्कुलका आदित्य ठाकुर र ऋतम्भरा डोजोका चुङ्ला शेर्पाले कास्य पदक जित्नुभयो ।
३५ केजीमुनि तौलसमूहमा नागादेश डोजोका विप्लव श्रेष्ठले स्वर्ण जित्नुभयो । उहाँले फाइनलमा आफ्नै डोजोका प्रदीप श्रेष्ठलाई पराजित गर्नुभयो । यो तौलसमूहमा ऋतम्भराका रेमन लामा र कालिका शरण डोजोका दोर्जे तामाङले कास्य जित्नुभयो ।
४० केजीमुनि तौलसमूहमा ऋतम्भराका राज तामाङले स्वर्ण जित्दा फाइनलमा लुभु डोजोका प्रवीण रानामगरलाई पराजित गर्नुभयो । मित्रपार्क डोजोका निश्चल राई र ऋतम्भराका सोहन मगरले कास्य पदक जित्नुभयो ।
४५ केजीमुनि तौलसमूहमा तोयोकान कराँतेका दिलिप मगरले स्वर्ण जित्दा मनकामना डोजोका सुरेश शेर्पाली रजतमा सीमित रहनुभयो । लुभुका अनिल बल र तोयोकानका विवेक तामाङले यो तौलसमूहमा कास्य जित्नुभयो ।
महिलातर्फ ३० केजीमुनि तौलसमूहमा ठैव डोजोकी जमुना घर्तीमगरले स्वर्ण जित्नुभयो । उहाँले फाइनलमा कालिका शरणकी लक्ष्मी वाइबालाई पराजित गर्नुभयो । लुभुकी सञ्जु तामाङ र कालिका शरणकी शिक्षा सुनुवारले कास्य पदक जित्नुभयो ।
३५ केजीमुनि तौलसमूहमा मानसिंह डोजोकी अनु मोक्तानले मनमैजु डोजोकी प्रतीक्षा तामाङलाई हराएर स्वर्ण जित्नुभयो । लुभुकी सरगम राई र कालिका शरणकी सृष्टि लामाले यो तौलमा कास्य जित्नुभयो ।
४० केजीमुनि तौलसमूहमा नोपाल हायासी हा डोजोकी छुनु चाम्लिङ राईले स्वर्ण जित्दा मानसिंह डोजोकी काभ्या गदालले रजत तथा ठैवकी निमा तामाङ र नेशनल युनाइटेड स्कुलकी पेरिशा राईले कास्य जित्नुभयो ।
१८ स्वर्ण पदकका लागि भएको प्रतियोगितामा देशभरका १९ वटा डोजोबाट २ सय ५० जना खेलाडी सहभागी छन् । प्रतियोगितामा महिला र पुरुषतर्फ ३०, ३५, ४०, ४५, ५०, ५५ र ६० केजीमुनि तौलसमूह तथा ६० केजीमाथि खुला तौलसमूहमा प्रतिस्पर्धा भइरहेको छ । कातातर्फ महिला र पुरुष एकल विधा पनि समावेश छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच