कैलाली । सुदुरपश्चिम प्रदेश सरकार चालु आर्थिक बर्षको बजेट निर्माण प्रक्रियामा जुटेको छ । सरकारले बजेट निर्माणका ४ वटा आधार तय गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार सरकारका मन्त्रीहरूलाई राखेर पत्रकार सम्मेलन गर्दै बजेट निर्माणका ४ वटा आधार तय गरेको घोषणा गर्नु भएको हो ।
साथै मुख्यमन्त्री शाहले जारी विज्ञप्तिअनुसार प्रदेश सरकारले २५ लाख भन्दामाथि सिलिङ कायम गरी बजेट विनियोजन गर्ने जनाएको छ । आवश्यकता र आौचित्यको आधारमा २५ लाखभन्दा कम बजेट विनियोजन गर्नुपर्ने भएमा कार्य योजनासहित सशर्त अनुदानको रूपमा स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्ने भएको छ ।
प्रदेश सरकारबाट व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी र सहकारीलाई बजेट तोकेर विनियोजन नगर्ने जनाएको छ । साथै प्रदेश सरकारबाट कार्यान्वयन हुने कुनै पनी योजना उपभोक्ता समितिमार्फत गरिने आधार तय भएको मुख्यमन्त्री शाहले बताउनुभयो ।
यसअघिका सरकारहरूले ५० हजारसम्मका बजेट विनियोजन गर्दै आएका थिए भने उपभोक्ता समितिमार्फत समेत काम हुँदै आएको थियो । तर मुख्यमन्त्री शाहले उपभोक्ता समितिमार्फत काम नगराउने रणनीति लिनुभएको छ । साथै यसअघिका सरकारले व्यक्ति, समूह ,संस्था, निजी फर्म ,कम्पनी र सहकारीलाई तोकेर बजेट विनियोजन गर्दै आएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच