काठमाडौं । प्रथम उपत्यकाव्यापी अन्तरकलेज इन्डोर क्रिकेट प्रतियोगिता भदौ ५ गतेदेखि ८ गतेसम्म काठमाडौंको चुनिखेलमा हुने भएको छ । बुढानीलकण्ठ नगरपालिका-१३ चुनिखेलमा अवस्थित रोयल स्पोर्ट्स पार्क खेल मैदानमा बुधबारदेखि प्रतियोगिता सुरु हुन लागेको हो । हाइपिटी इभेन्टले पहिलोपटक आयोजना गरेको खेल तीन दिनसम्म चल्नेछ ।
हाइपिटी इभेन्टले एक पत्रकार सम्मेलनको आयोजना गरी उक्त प्रतियोगिताको घोषणा गरेको हो । पत्रकार सम्मेलनमा २८ कलेजका कप्तानहरू सहभागी भएका थिए । सहभागी कप्तानहरूलाई कार्यक्रमको नियमबारे जानकारी गराई आधिकारिक टाइसिट पनि सार्वजनिक गरिएको थियो । खेल नकआउट चरणमा खेलाइनेछ ।
बुधबारबाट चुनिखेलस्थित रोयल स्पोर्ट्स पार्कमा बिहान ८ बजेदेखि सञ्चालन हुने खेलमा पहिलो खेल जुन लुम्बिनी र एभिएसबीच हुनेछ । भदौ ५ देखि ८ गतेसम्म हुने प्रतियोगितामा ३२ वटा कलेज सहभागी भएका छन् ।
आउटडोर क्रिकेट प्रतियोगितामा सहभागी हुन अवसर नपाएका विद्यार्थीहरू र उनीहरूभित्र लुकेर बसेको प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले खेल आयोजना गरिएको र खेलका माध्यमबाट विद्यार्थीहरूलाई अगाडि बढाउन र राष्ट्र निर्माणमा सघाउ पु¥याउन साथै सामाजिक उत्तरदायित्वअन्तर्गत राष्ट्रको गहना निर्माण गर्ने उद्देश्यले इन्डोर क्रिकेट टुर्नामेन्ट आयोजना गरिएको आयोजक हाइपिटी इभेन्टको भनाइ छ ।
आयोजक हाइपिटी इभेन्टका अनुसार क्रिकेट प्रतियोगितामा विजेता हुने टिमले ५० हजार नगद र उपविजेता हुने टिमले ३० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर, बलर र फिल्डरले पनि जनही पाँच हजार नगदसहित, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच