अरिङ्‌गालको टोकाइबाट एकको मृत्यु

रुकुमपश्चिम । रुकुम पूर्वमा अरिङ्‌गालको टोकाइबाट एक जनाको मृत्यु भएको छभने एक जना घाइते हुनुभएको छ । जिल्लाको भूमे गाउँपालिका-९ चनवाङका २७ वर्षीया न्युटन घर्तीको आज बिहान उपचारको क्रममा जिल्ला अस्पताल रुकुम पूर्वमा मृत्यु भएको हो ।

अरिङ्‌गालको टोकाइबाट घाइते हुनुभएका सिस्ने गाउँपालिका-७ नाथिघाटका २४ वर्षीया कमल रेउलेको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार सिस्ने गाउँपालिका-५ स्थित धौलापैरा जङ्गलमा अरिङ्‌गाल पोल्ने क्रममा बुधबार साँझ घर्ती र रेउलेलाई अरिङगालले टोकेर घाइते भएका थिए । घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल लगिएको थियो । उपचारको क्रममा घर्तीको मृत्यु भएको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?