काठमाडौं । नेपाली सेनाले साधारण सेवातर्फ २८० जना अधिकृत भर्नाको लागि दरखास्त आह्वान गरेको छ।
नेपाली सेनाको भर्ना छनोट निर्देशनालय जंगी अड्डाले शुक्रबार सुचना जारी गर्दै रिक्त अधिकृत (सहायक सेनानी र उपसेनानी) खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो।
माग अनुसार सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका वा शारीरिक अशक्त नेपाली सैनिकका सन्ततिका लागि १४ वटा सिट छुट्याइएको छ। खुलातर्फ १४७, महिला २४, आदिवासी(जनजाती ३८, मधेशी ३३, दलित १८ र पिछडिएको क्षेत्रका ६ जनाको माग भएको छ।
त्यसका लागि योग्यता पुगेका इच्छुक उम्मेदवारले असोज ५ गतेसम्म दरखास्त दिन सक्ने भर्ना छनौट निर्देशनालय जंगी अड्डाले जनाएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच