बैतडीमा नगदसहित पाँच जुवाडे पक्राउ

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 1 min

बैतडी । बैतडीमा नगदसहित पाँच जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको पाटन नगरपालिका-४ महोनपुरको अन्नपूर्ण होटलबाट ६२ हजार ७७० रुपैयाँसहित ५ जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा पाटन नगरपालिका-४ का होटल सञ्चालक ४२ बर्षिया गणेश सिंह बिष्ट, सोही ठाउँका मदनसिंह महरा, सुरेश महरा, जगदिश महरा र मदनसिंह महरालाई इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको टोलीले जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरिएको पाण्डेय बताउनुभयो ।

उनीहरूलाई बिहीबार साँझ ६ बजेतिर अन्नपूर्ण होटलबाट नगद र एक गड्डी ताससहित पक्राउ गरिएको र यस विषयमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?