नवलपरासी । पश्चिम नवलपरासीका पर्यटकीय क्षेत्रहरुलाई जोड्ने गरी बुद्ध सर्किट निर्माण गरिने भएको छ । पश्चिम नवलपरासीमा जिल्ला समन्वय समितिको सातौँ जिल्ला सभाले नीति तथा कार्यक्रम पारित गर्दै बुद्ध सर्किट बनाउने निर्णय गरिएको हो ।
सभाले जिल्लामा संचालन भएका योजना तथा कार्यक्रमको अनुगमनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । त्यस्तै साबिक गण्डकी प्रदेश अन्तर्गत नवलपरासी पूर्व बिनय त्रिबेणी गाउँपालिकामा रहेको वडान ६ र ७ लुुम्बिनी प्रदेशको नवलपरासी पश्चिम ल्याउने निर्णय गरिएको जिल्ला समन्वय समिती नवलपरासी पश्चिमका प्रमुख भगौती प्रसाद (रुदल) यादवले जानकारी दिनुभयो । उहाँका अनुसार सबै स्थानिय तहले नदी जन्य पदार्थको कार्तिक मसान्तसम्म वातावरणीय परीक्षण गरी त्यसको रिर्पोट जिल्ला समन्वय समितिलाई पेश गर्ने र रामग्राम नगरपालिका अन्तर्गत भएर बग्ने खोलाहरुबाट नदीजन्य पदार्थ आवश्यक प्रक्रिया पुरा गरी निकासी गर्ने जिल्ला सभाले निर्णय गरेको छ ।
लामो समयसम्म निमार्णधिन रहेको हुलाकी राजमार्ग समयमा सम्पन्न नभएकोले हुलाकी राजमार्ग आयोजना कार्यालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा तत्काल रोकिएको काम सुरु गर्नेका लागि पत्र लेखी पठाउने निर्णय गरेको छ । जिल्लामा भित्र रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको खोज तलास तथा प्रचारप्रसार गर्ने, सबै विद्यालय तथा धार्मिक क्षेत्रलाई प्लाष्टिक मुक्त क्षेत्र गराउने सभाले सर्वसम्मत निर्णय गरेको प्रमुख यादवले जानकारी दिनुभयो । 'जिल्लामा रहेका बुद्धसंग जोडएका पर्यटकीय क्षेत्रलाई जोड्ने गरी बुद्ध सर्किट निर्माण गरी जिल्लाका पर्यटकीय क्षेत्रको बिकास गर्ने सकिने हुदा बुद्ध सर्किटको योजना अगाडि ल्याएका छौँ ।' यादवले भन्नुभयो ।
जिल्ला समन्वय समितीले ठेक्का आब्हान गरि निर्माण कार्य भैरहेको प्रशासनिक भवन निर्माण अन्तिम चरण रहेको र रकम अभावका कारण निर्माण रोकिने हुदाँ जिल्ला भित्र रहेका प्रत्येक नगरपालिकाले सात लाख र गाउँपालिका पाँच लाख रकम उपलब्ध गराउने सर्वसम्मत निर्णय गरिएको जिल्ला समन्वय अधिकारी ज्ञानुप्रसाद पनेरुले जानकारी दिनुभयो ।
सभामा जिल्ला समन्वय समितिका प्रमुख यादवले आर्थिक बर्ष २०८१।०८२को नीति तथा आगामी कार्यक्रममा प्रस्तुत गरिएको छ ।
सभामा गाउँपालिका अध्यक्ष उपाध्यक्ष र नगरपालिका नगरप्रमुख उपप्रमुखहरु आ–आफानो धारण राखेका राख्नु भएको थियो । सभामा जिल्लामा जिल्लाका ३ नगरपालिका र ४ गाउँपालिका गरि सातै पालिकाका प्रमुख उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतको उपस्थिती रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच