युवा संघ र दुर्गा प्रसाईंसमूहले गर्ने प्रदर्शनको मिति नजुदाउन वा स्थान परिवर्तन गर्न जिल्ला प्रशासनको सुझाव

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंसीर ७ गते माइतीघर मण्डलमा गर्ने भनिएको प्रदर्शनको अर्को स्थानमा सार्न सुझाव दिएको छ ।

सुरक्षा गम्भीरतालाई ध्यान दिँदै काठमाडौं जिल्ला प्रशासन कार्यालयले यस्तो सुझाव दिएको हो ।

युवा संघ नेपाल र मेडिकल व्यवसायी दुर्गा प्रसाईंसमूहले माइतीघरमा गर्ने भनिएको प्रदर्शनको स्थान परिवर्तन गर्न आग्रह गर्दै प्रशासनले दुवै पक्षलाई छुट्टाछुट्टै स्थान तोकिदिने तयारी समेत थालेको छ ।

दुवै समूहले माइतीघरदेखि नयाँ बानेश्वर क्षेत्रमा एकै दिन कार्यक्रम गर्ने भन्दै अनुमति मागेकाले समस्या उत्पन्न भएको जिल्ला प्रशासनले बताएको छ । जिल्ला प्रशासनले या एकले कार्यक्रम अर्को दिनलाई सार्न वा दुबैलाई स्थान परिवर्तन गर्न सुझाव समेत दिएको छ ।

नेकपा (एमाले) को भ्रातृ संगठन युवा संघ नेपाल र मेडिकल व्यवसायी प्रसाईंले यही मंसिर ७ गते काठमाडौंमा प्रदर्शन गर्न अनुमति मागेका थिए ।

दुवै पक्षलाई एकै स्थानमा प्रदर्शन गर्न दिँदा झडप समेत हुन सक्ने भन्दै सुरक्षा निकायले चिन्ता प्रकट गरिरहेको छ ।

युवा संघले सरकार र अराजकतावादीविरुद्ध युवा विद्यार्थीको शक्ति प्रदर्शन र प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान भन्दै माइतीघरमै कार्यक्रम गर्ने तयारी गरेका छन्।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?