गुल्मी । रेसुंगा विमानस्थलमा शुक्रबारदेखि पुनः नियमितरूपमा उडान सुरू भएको छ । मौसम बिग्रिएपछि असार १४ गतेदेखि अवरुद्ध बनेको हवाई सेवा पुनः सञ्चालनमा आएको रेसुंगा विमानस्थलका स्टेसन प्रमुख सुमन थापाले जानकारी दिनुभयो । वर्षात्को समयमा पानी परिरहने र बाक्लो कुहिरो लाग्ने भएका कारण सात हप्तासम्म उडान प्रभावित बनेको थियो ।
यसअघि हप्ताको चारपटक उडान हुँदै आएको भए पनि केही समय हप्ताको एक दिन शुक्रबारमात्र उडान हुने स्टेसन प्रमुख थापाले बताउनुभयो । नेपाल वायु सेवा निगमको एउटा जहाज ग्राउन्डेड र अर्को अप्रेसनमा रहेका कारण जहाज नबन्दासम्म हप्तामा एक पटकमात्र उडान हुने बताइएको छ ।
शुक्रबार बिहान काठमाडौंदेखि १२ जना यात्रु लिएर रेसुंगा आएको जहाज खाली फर्किएको थियो । जहाज नियमित नभएको र मौसम राम्रो नभएका कारण काठमाडौं जान सम्पर्कमा रहेका कतिपय यात्रुले पछिल्लो समय नजाने बताएपछि जहाज रित्तै फर्किएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच