काठमाडौं । रणनीतिक लगानीमार्फत् दिगो विकास भन्ने नाराका साथ पूर्वाधार सम्मेलन हुने भएको छ । भदौ २७ र २८ गते काठमाडौ्रमा हुने उक्त पाँचौँ संस्करणको पूर्वाधार सम्मेलन नेपाल उद्योग परिसंघ(सिएनआई) को आयोजना र लगानी बोर्ड, भौतिक पूर्वाधार मन्त्रालयलगायतको सहयोजनामा हुने सिएनआईले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । दिगो पूर्वाधारमार्फत् देशको समग्र विकास गर्न सकिन्छ भन्ने मान्यतालाई आत्मसात गर्न सिएनआईले सन् २०१४ देखि पूर्वाधार सम्मेलन आयोजना गर्दै आएको छ । सिएनआईले सन् २०१४, २०१७, २०१९ र २०२२ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय, ऊर्जा मन्त्रालय, लगानी बोर्ड, युथ कम्युनिटी फर नेप्लिज कन्ट्र्याक्टर (वाइसिएनसी) लगायतको साझेदारीमा नेपाल पूर्वाधार सम्मेलन आयोजना गरेको थियो ।
बिवाइडी टाइटल स्पोन्सर रहेको पाँचाँै संस्करणको लगानी सम्मेलनमा पूर्वाधारका लागि लगानी प्रवद्र्धन, पूर्वाधार विकासका सफल अभ्यास, पूर्वाधार क्षेत्रको विकासका अवरोधलगायतका विषयमा राष्ट्रिय, अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञ, लगानीकर्ता, तीनै तहका सरकार, निजी क्षेत्रका प्रतिनिधिबीच छलफल हुने बताइएको छ । उक्त ‘बिवाइडी नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२४’ मा क्षेत्रीय यातायात, ऊर्जा, शहरी विकासलगायत विभिन्न १२ वटा विषयगत क्षेत्रमा गहन छलफल हुनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सम्मेलनमा उपप्रधानमन्त्री, संघीय सरकारका मन्त्रीहरू, प्रदेशका मुख्यमन्त्रीहरू, महानगरपालिका, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक, एसियाली विकास बैंक, विश्व बैंक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञबाट प्रस्तुति हुनेछ । समृद्ध अर्थतन्त्र निर्माणको आधार पूर्वाधार विकास हो । जसका लागि दिगो पूर्वाधार विकासमा ध्यान दिनुपर्ने आवश्यकता रहेको सिएनआई अध्यक्ष राजकुमार अग्रवालले बताउनुभयो ।
दिगो विकास लक्ष्य हासिल गर्न सन् २०३० सम्म वार्षिक २० खर्बभन्दा बढी लगानी आवश्यक रहेको राष्ट्रिय योजना आयोगको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै सिएनआई र आइआइडिएसले सन् २०१९ मा गरेको अध्ययनअनुसार दिगो विकास लक्ष्य हासिल गर्न सहयोग गर्ने गरी पूर्वाधार क्षेत्रमा मात्रै एक खर्ब ३० अर्ब डलर लगानी आवश्यक पर्ने देखिएको छ ।
पूर्वाधार क्षेत्रमा मात्रै यति लगानी गर्न नेपाल सरकारसँग पुँजी छैन । त्यसैले पूर्वाधार क्षेत्रका लागि कसरी स्रोत जुटाउन सकिन्छ, अन्तर्राष्ट्रिय अभ्यास के–के छन् भन्ने विषयमा गहनरूपमा सम्मेलनमा छलफल हुने आयोजकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच