काठमाडौं । लोकप्रिय लोकदोहोरी गायिका विष्णु माझीको ‘आइन आमा यो तीजमा’ तीज गीत सार्वजनिक भएको छ । शनिबार बिहान सपना म्युजिक इंडस्ट्रीज नामक युटुब च्यानल मार्फत माझीको नयाँ तीज गीत सार्वजनिक भएको हो ।
गायिका माझीको स्वर रहेको गीतमा शब्द तथा संगीत माझीका श्रीमान् सुन्दरमणि अधिकारीले दिनुभएको छ । गीतमा तीजमा समेत माइत जान नपाएकी चेलीको पीडा व्यक्त गरिएको छ ।
तीज गीतमा मौलिकता हराउन थालेको प्रसङ्गमा यो गीतले मौलिक तीज गीतको प्रतिनिधित्व गर्छ । भिडिओमा ललिता पौडेल र साथीहरूले अभिनय गर्नुभएकाे छ ।
शम्भु चालिसेले खिचेको भिडिओ प्रविन भट्टले सम्पादन गर्नुभएकाे हाे । भिडिओमा मौसम हिमालीको कोरियोग्राफी छ भने निर्माण तथा निर्देशन सुन्दर स्वयम्ले गर्नुभएकाे छ ।
हेर्नुस भिडियाे :
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच