पाकिस्तानको पञ्जावमा भएको आक्रमणमा ११ सुरक्षाकर्मीको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तमा प्रहरीको गाडीमा लुटेराहरूले आक्रमण गर्दा ११ प्रहरीको मृत्यु भएको छ । साथै अन्य सात जना घाइते भएका प्रहरी अधिकारीहरूले बताएका छन् ।

यस प्रान्तको रहिम यार खान जिल्लाको मच्का क्षेत्रमा लुटेराहरूले २० भन्दा बढी प्रहरी बोकेका दुई प्रहरी भ्यानमा रकेट प्रहार गर्दा उक्त आक्रमण भएको थियो । जो यस क्षेत्रको चेक पोस्टमा साप्ताहिक ड्युटीबाट फर्किरहेका थिए ।

सवारी साधन मर्मतका लागि रोकिएकामध्ये एउटा गाडीमा गडबडी हुँदा र प्रहरीहरु रोकिँदा अचानक रकेट आक्रमण भएको थियो । जसमा ११ प्रहरीको घटनास्थलमै मृत्यु भएको थियो भने सात जना घाइते भएको प्रहरीले जनाएको छ ।

आक्रमणपछि उद्धार र प्रहरी टोली घटनास्थल पुगे र घाइतेहरूलाई नजिकैको अस्पतालमा सारिएको छ । जहाँ कम्तिमा दुई प्रहरीको अवस्था गम्भीर छ ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?