
काठमाडौं । सातौ संस्करणको ‘मिस्टर एण्ड मिस लिटिल कोशी’को इटहरी अडिशन सम्पन्न भएको छ । जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा हुने प्रतियोगिताका लागि इटहरीमा भएको अडिशनमा पाँच वर्षदेखि १५ वर्ष उमेर समूहका बालबालिकाको सहभागिता थियो ।
अर्को अडिशन आउँदो भदौ १५ गते सुनसरीको धरान, भदौ २२ गते विराटनगर र भदौ २९ गते झापामा अडिशन हुने जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जयराज रायले जानकारी दिनुभयो ।
अडिसनको निर्णायकमा जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जयराज राय, बीपी कोइराला विज्ञान प्रतिष्ठानका डा.श्रवण मण्डल, ‘मिस कोशी २०२४’ की विजेता कृति बस्नेत र थिएटर आर्टिष्ट सुगम दुलाल हुनुहुन्थ्यो ।
अध्यक्ष रायका अनुसार प्रतियोगिताको छनोट चरणको अडिशनबाट छानिएका प्रतियोगीलाई दशैँको छुट्टीमा प्रशिक्षणमा राखिनेछ । ‘
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच