काठमाडौं । भिजी मोटर्स कम्पनीले नाडा अटो शोलाई मध्यनजर गर्दै प्रख्यात चिनियाँ विद्युतीय गाडी उत्पादन कम्पनी जोइलोङ तथा एसआरएमका आठवटा नयाँ मोडल नेपाली बजारमा ल्याएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत् कम्पनीले उक्त मोडलहरू सार्वजनिक गरेको हो ।
जोइलोङ तथा एसआरएम मित्रराष्ट्र चीनको सबैभन्दा ठूला कमर्सियल गाडी उत्पादन कम्पनीका रूपमा चिनिन्छ । हाल नेपाली बजारमा बिक्री हुँदै आएका केही ब्राण्डबाहेक सबै एसेम्बलर उद्योगबाट उत्पादन भएकाले आगामी दिनमा उपभोक्ताले बिक्रीपछि सेवा पाउन नसक्ने चिन्ता बढेको छ । सोही चिन्तालाई मध्यनजर गर्दै भिजीले चीनको अत्याधुनिक उद्योगमा विश्वस्तरीय गुणस्तरमा आफैंले गाडी उत्पादन गर्ने कम्पनी जोइलोङ तथा एसआरएमका गाडी नेपालमा भित्र्याएको जनाएको छ । कम्पनीले कमर्सियल गाडी खरिदपछि आगामी १५/२० वर्षसम्म कम्पनीले राम्रो सर्भिस तथा पार्ट्स उपलब्धता सुनिश्चित गर्ने बताइएको छ । जोइलोङका ठूला १५/१७/२० सिटर माइक्रोबस अनावरण गर्दै महाप्रबन्धक ज्याङले भन्नुभयो, ‘जोइलोङका ठूला माइक्रोबस वर्षौंदेखि अध्ययन र अनुसन्धान तथा परीक्षण गरी डिजाइन गरिएको हुन्छ । जस्तोसुकै बाटोमा चलाउन सकिने गरी डिजाइन गरिएको छ ।’
हाल जोइलोङका गाडी अस्ट्रेलिया, सिंगापुर, मलेसियालगायतका देशमा अत्यधिक रुचाइएको पनि उहाँले बताउनुभयो । भिजी मोटर्सले एसआरएमका पाँच विभिन्न प्रकारका गाडी पनि अनावरण गरेको हो । पाँच मोडलमा टी-३ पिकअप र दुर्ई सिटर कार्र्गो भ्यान तथा पाँच सिटर र ११ सिटर भ्यान रहेका छन् । कम्पनीका अनुसार जोइलोङ इए ४, १५ सिटरको मूल्य ६४ लाख(८६ किलो वाट/आवर), जोइलोङ इए ५, १७ सिटरको ६० लाख(६० किलो वाट/आवर), जोइलोङ इए ६, २० सिटर ७६ लाख, एसआरएम टी-३ पिकअपको ३६ लाख(४२ किलो वाट/आवर ), एसआरएम २ सिटर कार्गोको ३८ लाख (४२ किलो वाट/आवर), एसआरएम ५ सिटर कार्गोको ४० लाख(४२ किलो वाट/आवर), एसआरएम ३२ म्याजिकको ३५ लाख(३२ किलो वाट/आवर), एसआरएम ४२ रेगुलरको ४५ लाख ५० हजार(४२ किलो वाट/आवर) रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच