फरार रहेका १७ जना प्रतिवादी पक्राउ

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । पश्चिम नवलपरासीमा प्रहरीले एकै दिन १७ जना फरार प्रतिवादी पक्राउ गरेकाे छ । फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत प्रहरी टोलीले विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराका अनुसार फरार प्रतिवादीहरु पक्राउ परेसंगै १३ वर्ष १ महिन १९ दिन कैद र ५ लाख ९० हजार ७ सय जरिवाना समेत असुल भएको छ । सवारी ज्यान मुद्दामा १ जना र २ हजार जरीवाना, सवारी अंगभंगमा १ जना, लागु औषधमा ३ जना र ४ लाख २५ हजार, डाँका चोरीमा १ जना ५ बर्ष कैद र ५० हजार जरिवाना, चेक अनादरमा १ जना र १ हजार जरिवाना, कुटपिटमा १ जना १० हजार जरिवाना, जग्गा खिचलोमा २ जना २ हजार जरिवाना, चोरीमा १ जना र ३५ हजार जरिवाना, वन पैदवार १ जना र ५५ हजार जरिवाना, कुटपिटमा १ जना र १० हजार, पुन चलन १ जना ५ सय जरिवाना, जालसाजीमा ३ जना र २ सय गरिवाना गरि जम्मा १७ प्रतिवादी पक्राउ र ५ लाख ९० हजार ७ सय जरिवाना असुल गरिएकाे बोहराले जानकारी दिनुभयो ।

प्रतिवादीहरूलाई अदालतबाट विभिन्न मुद्दाका फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेकाेले अदालतको फैसला कार्यान्वयनका लागि जिल्ला अदालत परासी पठाईएको छ । साथै आर्थिक वर्ष २०८०/०८१ मा समेत फैसला कार्यान्वयन तर्फ ५०९ जना फरार पक्राउ भएकोमा कुल १ सय ७९ वर्ष ९ महिना २१ दिन कैद र ६६ लाख ५८ हजार ६ सय ५१ जरिवाना असुल भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?