२६ दिनपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आयो

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 2 mins

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केमा पुलको छेउमा जमिन भासिएर एकतर्फी रूपमा सञ्चालनमा आएको सडक २६ दिनपछि दुईतर्फी रूपमा सञ्चालनमा आएको छ । भासिएको जमिनमा मर्मत कार्य सकिसकेपछि आजबाट दुईतर्फी रुपमा सवारी साधन सञ्चालनमा आएको खानीखोला प्रहरी निरीक्षक डबलबहादुर बमले जानकारी दिनुभयो ।

बैशाख १८ मनसुन बर्षाका कारण जमिन भासिएर दिउँसो ४ बजेदेखि उक्त सडक खण्ड अबरुद्ध भएको थियोे । अबरुद्ध भएको सडक खण्ड बैशाख १९ गते मंगलबार भासिएको स्थानमा ग्यावीन जाली हालेपछि करिब १४ घण्टापछि एकतर्फी रुपमा सञ्चालनमा आएको थियो । तर एकतर्फी रुपमा सञ्चालनमा आएको सडक खण्ड बैशाख २० गते बुधबार १२ बजेसोही स्थानमा प्वाल परेपछि पुन अवरुद्ध भएको थियो ।

नेपाली सेना, स्थानीय बासिन्दा, नेपाल प्रहरी, जनपथ र शसस्त्र प्रहरीले सडकको मर्मत गरेपछि पुन सञ्चालनमा आएको थियो । एकतर्फी रुपमा सञ्चालनमा आएता पनि उक्त सडक खण्डमा छिन छिनमा समस्या आइरहन्थ्यो । यातायात ठप्प हुँदा धार्के र धार्के आसपासका बजारमा यात्रु अलपत्रमा परेका थिए । काठमाडौं तर्फबाट बाहिरिएका अधिकांश यात्रुहरु काठमाडौं नै फर्किएका थिए ।

पुर्वपश्चिमबाट आएका केही यात्रुहरुले लोकल गाडीहरु प्रयोग गरेर गन्तव्यतर्फ हिडेका थिए । ग्रामीण सडकमा गुड्नसक्ने साना सवारीहरु वैकल्पिक बाटोबाट गन्तव्यतर्फ लागेका छन् भने अधिकांश यात्रु बीच बाटोमै अलपत्र परेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?