ग्रोथ सेलरद्वारा अवार्ड प्रदान

Read Time = 2 mins

काठमाडौं । ग्रोथ सेलर्सको भगिनी संस्था कर्पोरेट क्लब नेपाल प्रालिले बिहीबार ‘द एचआरएम नेपाल अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स एण्ड द एचआरएम नेपाल अवार्ड्स डिस्टिनगुइज सर्भिसेज २०२२’ को दोस्रो संस्करण आयोजना गरेको छ । नेपालको निजी क्षेत्रमा उत्कृष्ट कार्य गर्दै मुलुकको समग्र आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान पुर्‍याउने संस्था तथा व्यक्तिहरूको सम्मानका लागि आयोजित कार्यक्रमको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नुभएको थियोे । यस्तो कार्यक्रमले समाजमा सबैको मनोबल बलियो पार्नुका साथै राम्रो काम गर्न प्रेरित गर्ने आयोजक कमिटी अध्यक्ष मोहन ओझाले बताउनुभयो ।

अवार्ड निर्णायक मण्डलको नेतृत्व प्राडा फत्तबहादुर केसीले गर्नुभएको थियो भने अन्य निर्णायक सदस्यमा लिली थापा, वरिष्ठ पत्रकार बबिता बस्नेत, पूर्वबैंकर भुवन दाहाल रहनुभएको थियो । सफल पार्टनरका सिइओ ओषुतोश तिवारी, पत्रकार पुष्पराज आचार्य र डा. छिरिङ लामा रहनुभएको आयोजक संस्थाका अध्यक्ष ओेझाले जानकारी दिनुभएको छ । आयोजकका अनुसार दोस्रो चरणमा विभिन्न क्षेत्रका झण्डै दुई दर्जन व्यक्तित्व तथा संस्थालाई अवार्ड प्रदान गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?