काठमाडौं । नेपालका दुई स्टार स्पिनर सन्दीप लामिछाने र ललितनारायण राजवंशी अस्ट्रेलियाको बिग बास लिगको ‘ड्राफ्ट’मा पर्नुभएको छ । बिग बासको नयाँ सिजनका लागि क्रिकेट अस्ट्रेलियाले निकालेको खेलाडी ‘ड्राफ्ट’ को सूचीमा सन्दीप र ललितको नाम समावेश भएको हो ।
सन्दीपसँग यसअघि नै बिग बास लिग खेलिसकेको अनुभव छ भने ललित पहिलोपटक विदेशी फ्रेन्चाइज लिगको ड्राफ्टमा पर्नुभएको हो । सन्दीपले चार सिजन बिग बास लिग खेलिसक्नुभएको छ । उहाँले २०१८/१९ र २०१९/२० मेलबर्न स्टार्सबाट खेल्नुभएको थियो भने २०२०/२१ र २०२१/२२ मा होबर्ट होरिकेन्सबाट खेल्नुभएको थियो । उहाँले चार सिजनमा कुल ४३ खेल खेल्दै ४८ विकेट लिनुभएको छ । उहाँको इकोनोमी ७.४२ को छ ।
सन्दीप र ललितसँगै ४३२ खेलाडी ‘ड्राफ्ट’मा परेका छन् । अक्सन सेप्टेम्बर १ मा हुनेछ । गत संस्करण ‘ड्राफ्ट’ मा रहे पनि सन्दीपलाई कुनै टोलीले अनुबन्ध गरेका थिएनन् । यस संस्करणको बिबिएल डिसेम्बर १५ बाट सुरु हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच