ललितपुर । चलचित्र ‘शाम्बाला’को ट्रेलर सार्वजनिक गरिएको छ । ललितपुरमा आयोजित कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा मुख्य अभिनेत्री थिन्ले ल्हामो वरिपरि घुमेको छ । जहाँ थिम्ले पेमाको चरित्र निर्वाह गर्नुभएको छ । पेमाले तीन दाजुभाइसँग बिहे गरेको र उहाँले भोग्नुपरेको जीवनलाई ट्रेलरमा समेटिएको छ ।
मीनबहादुर भाम निर्देशित चलचित्र ‘शाम्बाला’मा थिन्लेसहित सोनम तोप्देन मुख्य भूमिकामा हुनुहुन्छ । चलचित्र नेपाली पश्चिमी हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथाको कथा प्रस्तुत गर्छ । चलचित्रको कथा भामसहित अविनाश विक्रम शाहीले लेख्नुभएको हो ।
यही भदौ २८ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको यो चलचित्र विभिन्न अन्तर्राष्ट्रिय फेष्टिभलमा पुगेपछि पहिलोपटक नेपालका सिनेमाघरमा आउन लागेको हो । यो चलचित्र यसअघि विश्वप्रसिद्ध चलचित्र महोत्सवहरूमा पुगिसकेको छ । बर्लिन फिल्म फेष्टिभलमा वल्र्ड प्रिमियर भएको चलचित्र स्विट्जरल्याण्डको लोकार्नोमा स्क्रिनिङ भएको थियो । जहाँ अभिनेत्री थिन्हेले उत्कृष्ट अभिनयका लागि बोक्कलिनो डिओर अवार्ड चुम्नुभएको थियो ।
‘शाम्बाला’ बर्लिन फिल्म फेष्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको विधामा छनोट भएको थियो । उक्त फेस्टिभलको विधामा छनोट हुने यो पहिलो नेपाली फिचर फिल्म हो । एड्भेन्चर र म्याजिक रियालिजम् जनराको यस चलचित्रलाई एप्पल इन्टरटेनमेन्टले नेपालभरि प्रदर्शन गर्न लागेको हो । चलचित्रले नेपालको चलचित्र विकास बोर्डसहित विश्वभरका १७ अन्तर्राष्ट्रिय संस्थाबाट फण्ड जितेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच