काठमाडौं । चलचित्र ‘पूजा, सर’ (राजागंज)को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गर्न प्रहरीले चलाएको ‘सर्च अपरेसन’लाई देखाइएको छ । चलचित्रले मधेसको कथा उठाएको छ । दीपक रौनियारको निर्देशन रहेको यो चलचित्रमा अभिनेता दयाहाङ राईले प्रहरी उपरीक्षक (एसपी)को भूमिका निभाउनुभएको छ ।
अभिनेत्री आशा मगराती इन्सपेक्टरको भूमिकामा प्रस्तुत हुनुहुन्छ । अभिनेत्री ऋचा शर्माले मधेसी समुदायकी विवाहित महिलाको भूमिका निर्वाह गर्नुभएको छ भने अर्की अभिनेत्री निकिता चाण्डक प्रहरीको भूमिकामा टिजरमा देखिनुभएको छ ।
विजय बराल, गौमाया गुरुङ, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, पशुपति राई र नीरज श्रेष्ठको पनि अभिनय रहेको यो चलचित्रको प्रदर्शनभन्दा अगावै चार देशका लागि राइट्स बिक्री भइसकेको छ । फ्रान्स, स्वीट्जरल्याण्ड, जर्मनी र अष्ट्रियाका लागि चलचित्र बिक्री भएको निर्देशक रौनियारले जानकारी दिनुभयो ।
आदि फिल्मसको तर्फबाट दीपक रौनियार र आशा मगराती, बाँसुरी फिल्मस्को तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल एवं तन्हाउसर गेटको तर्फबाट एलन आर मिलिगन (नर्वे)ले चलचित्रको निर्माणमा सहकार्य गर्नुभएको छ । नर्वेजियन सिनेमा इन्स्टिच्युटको सोर्फोन्डबाट आर्थिक सहयोगसमेत यो चलचित्रले प्राप्त गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच