पूर्व प्रमको मृत्युमा राष्ट्रिय शोक चाकरी र झुकनीतिको अर्को दृष्टान्त : भीम रावल

Read Time = 1 min

काठमाडौं । एमाले नेता एवं पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले सरकारले चाकरी र झुकनीतिको अर्को दृष्टान्त ल्याएको बताउनु भएको छ ।
जापानका पूर्व प्रधानमन्त्री आबे हत्याको विरोध गर्दै उहाँले नेपाल सरकारले त्यस्तो हत्याको निन्दा र जापानी जनताप्रति समवेदना प्रकट गर्नु स्वाभाविक भएपनि पूर्व प्रमको मृत्युमा राष्ट्रिय शोक मनाउनु गठबन्धन सरकारको चाकरी र झुकनीतिको अर्को दृष्टान्त मात्रभएकाे भन्दै आलोचना गर्नुभएको छ ।

सामाजिक सञ्जाल ट्वीटर मार्फत नेता रावलले लेख्नुभएको छ –

जापानका पूर्व प्रमं आवेको हत्या निन्दनीय छ। नेपाल सरकारले त्यस्तो हत्याको निन्दा र जापानी जनताप्रति समवेदना प्रकट गर्नु स्वाभाविक हो । तर कुनै देशका पूर्व प्रमंको मृत्युमा राष्ट्रिय शोक मनाउने गठबन्धन सरकारले कहाँको कूटनीति ल्यायो ? यो चाकरी र झुकनीतिको अर्को दृष्टान्त मात्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?