काठमाडौं । गोल्छा ग्रुपअन्तर्गतको कम्पनी हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नाडा अटो शोमा ट्रायम्फ मोटरसाइकलको स्पिड ४०० र स्क्यार्म्ब्लर ४०० एक्स मोडल सार्वजनिक गरेको छ । बेलायती विरासतको प्रतिनिधित्व गर्ने ट्रायम्फका यी बाइकले नेपाली बजारमा असाधारण गुणस्तर र पर्फमेन्स पनि भित्र्याएका कम्पनीको दाबी छ । ट्रायम्फ बाइकले शताब्दीको अनुभव र ब्रिटिस इञ्जिनियरिङको कौशलता मिलाएर नयाँ डिजाइनका मोटरसाइकल उत्पादन गर्छ । उत्कृष्ट कलात्मक शैलीका लागि परिचित ट्रायम्फका बाइकमा स्टाइल, पावर र विश्वसनीयताको सम्मिश्रण पाउन सकिन्छ ।
शहरी क्षेत्रका लागि डिजाइन गरिएको ट्रायम्फ स्पिड ४०० मा ४०० सिसीको टिआर-सिरिज इञ्जिन, ६-स्पिड गियरबक्स, स्लिप-असिस्ट क्लच र हलुका फ्रेमसहितको एल्युमिनियम स्विङ आर्म समावेश छ । जसमा ४३ मिलिमिटरको अपसाइड-डाउन फोक्र्स, प्रि-लोड एड्जस्टेबल रियर मोनोशक र १७-इन्चको एल्युमिनियम हिृवल रहेको छ । ग्राहकले राइड-बाइ-वायर थ्रोटल, स्विचेबल ट्र्याक्सन कन्ट्रोल, एबिएस, एलइडी लाइटिङ र थप सुरक्षाका लागि इम्मोबिलाइजरको सुविधा पनि प्राप्त गर्नेछन् ।
त्यस्तै ट्रायम्फ स्क्यार्म्ब्लर ४०० एक्सको आकर्षक लुक्स, १९-इन्चको फ्रन्ट हिृवल, र १७-इन्चको रियर हिृवल, हाई ग्राउण्ड क्लियरेन्स र मजबुत क्षमताले राइडरको साहसिक यात्रालाई नयाँ उचाइमा पुर्याउने बताइएको छ । नाडा अटो शोमा यी बाइक बुकिङ गर्ने ग्राहकलाई ट्रायम्फ स्पिड ४०० विशेष मूल्य छ लाख ३९ हजार नौ सय र ट्रायम्फ स्क्यार्म्ब्लर ४०० एक्स विशेष मूल्य छ लाख ८९ हजार नौ सय रुपैयाँ प्रदान गरिने कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच