भरुवा बन्दुकसहित एकजना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

अर्घाखाँची । भुमिकास्थान नगरपालिका-९ निनुखर्क बस्ने २६ वर्षीय बिष्णु कुँवरलाई एकनाले भरूवा बन्दुक १ थानसहित प्रहरीले पक्राउ गरेको छ ।

बिष्णु कुँवरले आफ्नै वुवालाई घरमा राखेको बन्दुक देखाई काट्छु मार्छु भनेको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी धन्चौरबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?