काठमाडौं । देशभरका अदालत आगामी जेठ २ गतेसम्म बन्द हुने भएको छ । शुक्रबार हुन लागेको स्थानीय तहको निर्वाचन र सार्वजनिक बिदाका कारण सर्वोच्च अदालतसहित देशभरका अदालत आगामी जेठ २ गतेसम्म बन्द हुने भएको हो ।
सर्वोच्च अदालतका सह प्रवक्ता देवेन्द्र ढकालले बिहीबार सूचना जारी गर्दै वैशाख ३० गतेदेखि आगामी जेठ २ गतेसम्म स्थानीय तहको निर्वाचन एवं सार्वजनिक बिदा परी लगातार चार दिन अदालत बन्द रहने जनाइएको छ ।
आगामी जेठ २ गते सोमबारका दिन बन्दीप्रत्यक्षीकरणको सुनुवाइका लागि बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म सर्वोच्च अदालत खुला रहने जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच