काठमाडौं । यामाहाले नाडा अटो शो २०२४ मा आफ्नो नयाँ एडभेन्चर बाइक यामाहा डब्लुआर १५५ आर र एमटी-१५ भर्सन २ अनावरण गरेको छ । प्रदर्शनीमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ती बाइक अनावरण गर्नुभएको थियो । कम्पनीका अनुसार यामाहा डब्लुआर १५५ आर अफ-रोड एडभेन्चर सेगमेन्टमा गेम चेन्जर बाइक हो ।
१५५ सिसी लिक्विड कुल्ड इञ्जिन रहेकाले यसले प्रभावशाली १६.५ बिएचपी र १४.३ एनएम टर्क प्रदान गर्छ, जसले जुनसुकै भूभागमा यात्रा गर्न एजिलिटीसँग शक्तिको संयोजन गर्छ । यामाहाको डब्लुआरसी बाइकबाट प्रेरणा लिएको डब्लुआर १५५ आरमा हल्का तौलको फ्रेम, एडजस्टेबल सस्पेन्सन, डुअल-च्यानल एबिएस र आधुनिक डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर समावेश छ, जसले शहरी राइडर र अफरोड एडभेन्चर दुवैका लागि उपयुक्त बनाउँछ । सो अवसरमा बुकिङ गर्ने ग्राहकलाई छ हजार रुपैयाँ विशेष छुटका साथै चाँदीको सिक्का र विशेष यामाहा मर्चेन्डाइजबाट पुरस्कृत गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच