
काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नदी छेउका सडक करिडोरमा हुने दुर्घटना रोक्न एक महिना सडकसञ्जाल बन्द गरी अध्ययन गर्नुपर्ने बताउनुभएको छ ।
बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो प्रश्ताव अघि सार्नुभएको हो । उहाँले सो समयमा हवाई यातायातको प्रयोग गर्नुपर्ने र हवाई यातायातलाई कसरी सबैभन्दा सस्तोमा सेवा दिने र कतिसम्म दिन सकिन्छ ? भन्नेकुराको निर्धारण सरकारले गर्नुपर्ने बताउनु भयो । उहाँले नेपालको भूगर्भिक अवस्थाको अध्ययन नगरी निर्माणका जथाभावी काम गर्नाले आज प्रतिदिन नेपाली नागरिक र नेपाल भ्रमणमा आउने विदेशी नागरिकको मृत्यु भइरहेको बताउनु भयो । उहाँले सडकका कारण हुने दुर्घटना पत्ता लगाउने घटनाको सबै कोणबाट विश्लेषण हुनुपर्ने बताउनु भयो ।
उहाँले अहिले उत्पन्न भएका समस्या ८० प्रतिशत भूगर्भिक र २० प्रतिशत मानवीय रहेको बताउनु भयो । उहाँले प्रकृतिप्रदत्त संरचनाहरुको यथार्थ जानकारी प्राप्त गर्न चीन, इजरायलबाट त्यस सम्बन्धी ज्ञान भएका वैज्ञानिकहरुलाई नेपालमा केही समयका बोलाउन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपालको भूगर्भिक अवस्थाको अध्ययन नगरी निर्माणका जथाभावी काम गर्नाले आज प्रतिदिन नेपाली नागरिक र नेपाल भ्रमणमा आउने विदेशी नागरिक धेरै मरिरहेका छन् । नेपालका नदी छेउमा रहेका सडक करिडोर ज्यानमारा संरचना बनेका छन् । कुनैपनि समस्या चाहे भूगर्भिक होस्, चाहे मानवीय होस् त्यसको कार्यकारण सम्बन्ध हुन्छ । बिना कारण कुनै घटना हुँदैनन् । कारण पत्ता लगाउन घटनाको सबै कोणबाट विश्लेषण गर्न सक्नुपर्छ । अहिले उत्पन्न भएका समस्या मेरो विचारमा ८० प्रतिशत भूगर्भिक र २० प्रतिशत मानवीय छन् । प्रकृतिप्रदत्त संरचनाहरुको यथार्थ जानकारी प्राप्त गर्न चीन, इजरायलबाट त्यस सम्बन्धी ज्ञान भएका वैज्ञानिकहरुलाई नेपालमा केही समयका लागि बोलाइयोस् । नेपालमा रहेका वैज्ञानिकहरुसँग मिसिएर एउटा गोलमेच सम्मेलन गरियोस् । यसका सम्बन्धमा विस्तृत छलफल गरियोस् । हाम्रा सम्पूर्ण हिमताल, पहाडहरु, नदीहरु, नहर, बाँध, सडक संरचना, आवास संरचना, शहरका संरचना, पहिरो तथा अन्य अध्ययन गरिनुपर्ने संरचना यससँगै सन्दर्भित भएर हवाई सर्वेक्षण गरी अध्ययन गरियोस् । एक महिनासम्म सक्नुपर्ने गरी योजना बनाउनुपर्छ । त्यस बेलासम्म नेपालका सबै सडक बन्द गर्नुपर्छ । त्यसको ठाउँमा हवाई यातायात शुरु गर्नुपर्छ । त्यसलाई कतिसम्म सरकारले कम गर्नसक्छ रु त्यतिसम्म कम गर्न तयार हुनुपर्छ । एक महिनामा सबै सडकको सम्पूर्ण अध्ययन गरिसकेपछि तत्काल निर्माण गर्नुपर्नेलाई तत्काल निर्माण गरी चलाउनु पर्छ । निर्माण गर्नुपर्नेलाई भनेको समयमा पूरा गरी चलाउनु पर्छ ।’
सांसद गौतमले एक महिनामा सबै सडकको सम्पूर्ण अध्ययन गरिसकेपछि तत्काल निर्माण गर्नुपर्नेलाई तत्काल निर्माण गरी चलाउनुपर्ने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच