दाहालको ‘टाँकघर’ कवितासंग्रह तथा ‘अन्तरंग’ लोकार्पण

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । साहित्यकार विनोद दाहल वत्सद्वारा लिखित ‘टाँकघर’ कवितासंग्रह तथा ‘अन्तरंग’ अन्तर्वार्ता संग्रहको शनिबार एक समारोहबीच लोकार्पण गरिएको छ । दाहालका पाँचांै कृति टाँकघर गद्यकविता संग्रह हो भने अन्तरंग विभिन्न समयमा विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका विविध क्षेत्रका व्यक्तिसँगको अन्तरंग कुराकानी हो ।

काठमाडौं सुकेधारास्थित नव-पुस्तकालय तथा ज्येष्ठ नागरिक भवनको कार्यकक्षमा पूर्वसचिव गोपीनाथ मैनाली तथा डा.शैलेन्दुप्रकाश नेपाललगायतका व्यक्तिहरूबाट पुस्तकहरूको लोकार्पण भएको थियो ।

मुक्तिनाथ दर्शन साहित्य समाज तथा विराज समाज आयोजक रहेको उक्त कार्यक्रमको सभापतित्व मुक्तिनाथ दर्शन साहित्य समाजका अध्यक्षको सभापतित्वमा सञ्चालन भएको थियो । विराज समाजका अध्यक्ष रामप्रसाद दाहालको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा पुस्तकका लेखक विनोद दाहाल वत्सले पुस्तक लेखन तथा साहित्य सिर्जनाका क्रममा र भोग्नुपरेका सन्दर्भहरूका बारेका बताउनुभएको थियो । साहित्यकार मधुसूदन पाण्डेयले दाहालको पुस्तक अन्तरंगमा समेटिएका विभिन्न व्यक्तिहरूका बारेमा बेल्नुभएको थियो भने ‘टाँकघर’ तथा ‘अन्तरंग’ दुवै पुस्तकमाथि साहित्यकार जीवननाथ धमलाले समग्र रूपमा प्रकाश पार्नुभएको थियो ।

पूर्वप्राध्यापक तथा पुस्तकालयका अध्यक्ष्य विष्णु पन्त, साहित्यकारहरू कलानिधि दाहाल, दुर्गा अधिकारी भमरकोटे, सुमन दाहालले पनि कार्यक्रममा शुभकामना मन्तव्य राख्नुभएको थियो ।

विशिष्ट अतिथि डा.शैलेन्दु प्रकाश नेपाल तथा प्रमुख अतिथि गोपीनाथ मैनालीले दाहालको कृतित्व तथा व्यक्तित्वमाथि विभिन्न दृष्टान्तसहित प्रकाश पार्नुभएको थियो । सभापति हरिभक्त सिग्देल महेशले साहित्यकार दाहालका कृतिहरूमाथि प्रकाश पार्दै कार्यक्रम समापन गर्नुभएको थियो । कार्यक्रम गान्धर्वराज पौडेलले सञ्चालन गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?