स्पेन । स्पेनिस ला लिगा फुटबलमा अलाभेसले रियल सोसिडाडलाई पराजित गरेको छ । अलाभेसले सोसिडाडमाथि २-१ गोल अन्तरको जित दर्ता गरेको हो । सोसिडाड २९औँ मिनेटमा १० खेलाडीमा समेटिएको थियो । मिकेल ओयारजाबल उगार्टेले रातो कार्ड पाउँदै मैदान छाड्नुपरेको थियो ।
१० खेलाडीमा समेटिएको सोसिडाडले ३२औँ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता भने लिएको थियो । सोसिडाडका बेरिस मेन्डिजले सर्जियो गोमेजको पासमा गोल गर्नुभएको थियो । पहिलो हाफको अतिरिक्त पाँचौँ मिनेटमा अलाभेसका एसियर विलालिब्रेले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याउनुभयो ।
७७औँ मिनेटमा टोनी मार्टिनेजले गोल गरेपछि अन्ततः अलाभेस २-१ को पुनरागमन जित निकाल्न सफल भयो । अलाभेसले तीन खेलबाट चार अंक बनाएको छ भने सोसिडाडको समान तीन खेलबाट तीन अंक नै रहेको छ ।
स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिक बिलबाओ विजयी भएको छ । बुुधबार राती भएको खेलमा बिलबाओले भ्यालेन्सियालाई १-० गोल अन्तरले पराजित गरेको हो । बिलबाओको जितमा पहिलो हाफको ४५औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो ।
उसका लागि बेनाट प्राडोस डियाजले ओस्कार मार्कोसको पासमा हेडर गोल गर्नुभयो । एथ्लेटिकले पहिलो जित निकालेको हो ।
भ्यालेन्सियाको भने यो लगातार तेस्रो हार हो । यसैगरी भालाडोलिड र लेगानेस तथा एथ्लेटिको मड्रिड र एस्पानोलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
यसैगरी एट्लेटिको मड्रिड भने इस्पानुयलसँग गोलरहित बराबरीमा रोकिएको छ । इस्पानुयलको घरेलु मैदानमा भएको खेलमा दुवै टोलीले अवसर सिर्जना गरे पनि जित हात पार्न भने सकेनन् ।
बिहीबार बिहानै भएको अर्को खेलमा अल्भालेसले रियल सोसिडाडलाई पराजित गरेको छ । तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा अल्भालेसले सोसिडाडलाई २-१ ले पराजित गरेको हो । सोसिडाडको घरेलु मैदानमा भएको खेलमा अल्भालेसलाई जित दिलाउन आसियर भिल्लालिब्रे र टोनी मार्टिनेजले गोल गर्नुभयो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच