
काठमाडौं । ग्लोबल आइएमई बैंक, एमएडब्लु वृद्धि मोटर्स तथा एमएडब्लु वृद्धि अटोकर्पबीच सहज रूपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका साना, मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र एमएडब्लु वृद्धि मोटर्स प्रालि तथा एमएडब्लु वृद्धि अटोकर्प मोटर्सका ग्रुपका डाइरेक्टर गोपालकुमार अग्रवालले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौताअनुसार एमएडब्लु वृद्धि मोटर्स एवं एमएडब्लु वृद्धि अटोकर्प मोटर्स तथा कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने विद्युतीय गाडी दीपल, सेरेस र नामी खरिद गर्ने व्यक्ति वा कम्पनीहरूले आवश्यक कागजातसहित बैंकमा निवेदन दिएको तीन कार्यदिनभित्र सरल ब्याजदरमा कर्जा उपलब्ध गराइने बताइएको छ । दीपल र सेरेस ब्राण्डका विद्युतीय गाडी नेपाली प्रयोगकर्तामाझ लोकप्रिय रहेका छन् ।
उक्त कम्पनीले नामी ब्राण्डको नयाँ विद्युतीय गाडी नेपाली बजारमा बिक्री सुरु गरिसकेको छ । ग्रिन फाइनान्सिङ प्रवद्र्धन गर्न बैंकले विद्युतीय सवारी साधनलाई सर्वसुलभ ब्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच