संस्थानले प्रदूषित खानेपानी वितरण गरेको उपभोक्ताको गुनासो

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 4 mins

बारा । नेपाल खानेपानी संस्थान कलैया शाखाले विगत केही दिन देखि प्रदुषित पानी वितरण गर्ने गरेको छ ।
नेपाल खानेपानी संस्थानले केही दिन देखि धमिलो पहेलो र फोहरै फोहोर भएको पानी वितरण गर्दा आफूहरुलाई समस्या भएको कलैया उपमहानगरपालिका वडा नम्बर ६ का श्यामप्रसाद साहले बताउनुभयो ।

दिनहुँजसो अशुद्ध र प्रदुषित पानी खानेपानीले वितरण गर्ने गरेको छ, उहाँले भन्नुभयोे,‘पानी अशुद्ध र फोहोर भएको कारण खान पनि सकिदैन । धारामा आउने पानी गन्हाउने र फोहोर छन् । पटकपटक यसको बारेमा गुनासो गर्दा समेत कुनै सुनुवाई भएको छैन । केही समय पहिला लामो समयसम्म खानेपानी संस्थान कलैयाले पानी वितरण नै बन्द गरेको थियो । पानी धारामा नआउनुको कारण केहो भनि कार्यालयमा सम्पर्क गर्दा समस्या भएको कारण खानेपानी आपूर्तिमा समस्या भएको कार्यालयले जानकारी दिएको थियो । अहिले केही दिन देखि पानी आपूर्ति गरिए पनि फोहोर र प्रदुषित पानी मात्र धारामा आउने गरेको उहाँले गुनासो गर्नुभयो ।’

धारामा विहान ८ बजे सम्म पानी आउने गरेको छ, त्यो पनि धमिलो र फोहोर उहाँले भन्नुभयोे,‘यसको बारेमा कार्यालयमा सम्पर्क गर्न जादा बहाना मात्र बनाउने गरेको छ । कहिले कार्यालय प्रमुख छैन आएपछि उनीसँग नै गुनासो गर्नुहोला भनेर टार्ने काम गरेको छ भने कार्यालय प्रमुख आएको दिन सम्पर्क गर्दा काम भइरहेको छ समस्या चाँडै समाधान हुने आश्वासन मात्र बाँडने गरेको उहाँले दुःखेसो पोख्नुभयो ।’

नेपाल खानेपानी संस्थान कलैया शाखाका कार्यालय प्रमुख प्रविण साहले मिसावट भएको पानी हामीले वितरण नगरेको जानकारी दिनुभयो ।

हामीले स्वच्छ र सफा पानी वितरण गर्ने गरेको छौ, उहाँले भन्नुभयोे,‘ यो कार्यालयको स्थापना नै स्वच्छ तथा सफा खानेपानी उपभोक्ता सम्म पु¥याउनको लागि भएको छ । यदि कसैको घरका धमिलो र अशुद्ध पानी आउने गरेको छ भने कार्यालयमा आएर गुनासो गर्नु पर्यो । यहाँबाट शुद्ध पानी वितरण गर्ने गरिएको छ यदि कोही कसैको धारामा फोहोर पानी आएको छ भने त्यहाँको पाइप फुटेको हुन सक्ला । त्यसको लागि कार्यालयमा सम्पर्क गरेर निवेदन दिई समयमै ठीक गराउन अनुरोध गर्नुभयो । केही समय अगाडी मात्र टयांकीको मर्मत सम्भार भएको छ । तर पानी भने शुद्ध नै वितरण गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।’

अहिले पानीको अभाव देखिएको कारण बरु समय भन्दा अगाडी नै धारा कटने गरेको उहाँले स्वीकार्नुभयो । पानीको सतह सुक्दै गरेको कारण खानेपानी आपूर्तिमा अहिले समस्या देखिएको छ । माँग बढी र उत्पादन कम भएको कारण अहिले समय भन्दा अगाडी नै धारा कटने गरेको उहाँले बताउनुभयो ।

फोटो : कलैया उपमहानगरपालिका १ रामजानकी मन्दिर नजिकै रहेको नेपाल खानेपानी संस्थानको कलैया वितरण शाखा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?