विषालु च्याउ खाँदा ६ जना विरामी

फाईल तस्बिर

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 1 min

बर्दिया । विषालु च्याउ खाँदा बर्दियामा ६ जना विरामी भएका छन् ।

बर्दियाको गुलरिया नगरपालिका-१० रत्नापुरका ६ जना घर नजिकै रहेको बगैंचाबाट ल्याएको विषालु च्याउ खाँदा विरामी भएका हुन् ।

राम नरेश रैदासले गाँउ नजिकै रहेको आँपको बगैचा बाट च्याउ टिपेर ल्याएका थिए । सो च्याउ सत्रुधन रैदासको घरमा पकायर खाएपछि ६ जना विरामी भएका थिए । विरामी सवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

जिल्लाप्रहरी कार्यालय बर्दियाकाअनुसार विषालु च्याउ खाँदा शत्रुधन रैदास, गुलरिया ११ का सन्दिप रैदास, सुन्दरी रैदास, गुलरिया ४ का श्रृया कुमारी रैदास, फूलकुमारी रैदास र गुलरिया ७ का निशा कुमारी रैदास विरामी भएका थिए ।

विहिवार उपचारका लागि भर्ना भएका विरामीको शुक्रवार विहान डिस्चार्ज गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?