ताइपेइका चेन हुई र अमेरिकाका पटेलको जोडी च्याम्पियन

हिमालय टाइम्स
Read Time = 2 mins

पोखरा । पोखरामा आयोजना गरिएको अन्तर्राष्ट्रिय टेनिस महासंघ (आइटिएफ) जुनियर-५ टेनिस प्रतियोगिता सर्किट-२ तर्फ ‘पुरुष डबल्स’को उपाधि चाइनिज ताइपेइका चेन हुई हो र अमेरिकाका हानु पटेलको जोडीले जितेको छ । नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कोर्टमा सञ्चालन भएको प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा ताइपेइका के हाउ हङ र काई एन याङको जोडीलाई ६-४, १-६ र सुपरटाइमा १०-५ ले पराजित गर्दै पटेल जोडी च्याम्पियन बन्यो ।

प्रतियोगिताअन्तर्गत महिला ‘डबल्स’तर्फ भारतका दुर्गान्सी कुमार र काइरा सिद्धार्थ चेत्नानीले उपाधि जित्नुभयो । फाइनल खेलमा नेपालकी रायना शाह र भारतका स्निग्दा कान्तको जोडीलाई ६-२ र ६-० को सहज सेटमा जित निकाल्दै उहाँहरूको जोडी च्याम्पियन बनेको हो ।

पुरुष एकलतर्फ भारतका वंश नन्दललाई ६-२, ६-३ ले पराजित गर्दै ताइवानका के हाउ हङले फाइनलमा स्थान बनाउनुभएको छ । अमेरिकाका हानु पटेलले ताइपेइका केइ यन याङलाई ६-१, ६-१ को सोझो सेटमा पराजित गर्दै फाइनल पुग्नुभएको छ ।

प्रतियोगिताको एकलतर्फका फाइनल खेलसहित शनिबार समापन गरिने कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक गुरुङले जानकारी दिनुभयो । यही मंसिर १९ गतेदेखि सुरु भएको प्रतियोगितामा विभिन्न दस देशका ९९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?