लण्डन । इंग्लिस रक्षक केइरन ट्रिपियरले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गर्नुभएको छ । इंग्ल्याण्डका लागि ५४ खेल खेलका ३३ वर्षीय ट्रिपियरले एक गोल गर्नुभएको छ । उहाँले आफ्नो करियरको एक मात्र अन्तर्राष्ट्रिय गोल सन् २०१८ को फिफा विश्वकपमा क्रोएसियाविरुद्ध गर्नुभएको थियो ।
उहाँले तीन खेलमा कप्तानी गर्ने अवसर पनि प्राप्त गर्नुभएको यियो । सन् २०१७ मा फ्रेन्सविरुद्धको खेलमार्फत अन्तर्राष्ट्रिय डेब्यु गर्नुभएका ट्रिपियरले यही वर्ष स्विट्जल्यान्डविरुद्ध अन्तिम खेल खेल्नुभएको थियो । उहाँले समान दुई फिफा विश्वकप तथा युइएफए युरोपियन च्याम्पियनसिपमा इंग्ल्यान्डको प्रतिनिधित्व गर्नुभयो ।
ट्रिपियरले सन् २०१८ र २०२२ को विश्वकप तथा सन् २०२० र २०२४ को युरोपियन च्याम्पियनसिप खेल्नुभएको थियो । ट्रिपियरले आफ्नो व्यावसायिक करियरलाई भने अझै केही वर्ष जारी राख्नुहुनेछ । उहाँ हाल इंग्लिस क्लब न्युक्यासल युनाइटेडमा आबद्ध हुनुहुन्छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच