काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र श्री एयरलाइन्सबीच विशेष छुट सम्झौता भएको छ । बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले श्री एयरलाइन्समा टिकट खरिदमा एकमुष्ट पाँच सय रुपैयाँ आकर्षक छुट पाउने भएका छन् ।
यस्तो छुट श्री एयरलाइन्सका सबै कार्यालयको काउन्टरबाट मात्र प्राप्त हुनेछ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
सिटिजन्सले डिजिटल बैंकिङ माध्यम प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय-समयमा ग्राहकमैत्री योजनाहरू सञ्चालन गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच