काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीलाई सम्मान गरिएको छ । गण्डकी विश्वविद्यालयले अरुणालाई नगद २० हजारसहित सम्मान गरेको हो । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले पुरस्कार हस्तान्तरण गर्नुभयो ।
अघिल्लो महिना काठमाडौंमा सम्पन्न सेन्ट्रल एसियन जोन काभा महिला भलिबल नेसन्स लिगमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाउन सफल राष्ट्रिय टिमकी कप्तान अरुणा गण्डकी विश्वविद्यालयकी छात्रासमेत हुनुहुन्छ । नेपालमा नै पहिलोपटक स्नातक तह खेलकुद व्यवस्थापन (बिएसएम)मा अध्ययन-अध्यापन सुरु गरेको विश्वविद्यालयमा अरुणा पहिलो ब्याचकी छात्रा हुनुहुन्छ । उहाँ हाल छैटौँ सेमेस्टरमा अध्ययनरत हुनुहुन्छ ।
अरुणालाई सम्मान गर्दै मन्त्री थापाले नेपाली खेलकुदमा अरुणाले निरन्तर रूपमा प्राप्त सफलताप्रति बधाई दिँंदै पछिल्लो समय नेपाली खेलकुदमा परिवर्तनका आभासहरू देखिन थालेको बताउनुभयो । कप्तान अरुणाले सम्मानका लागि विश्वविद्यालयप्रति आभार व्यक्त गर्दै खेलकुदसँगै अध्ययन अपरिहार्य रहेको औँल्याउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच