वासिंटन डिसी । अमेरिकी राष्ट्रिय सुरक्षा विशेषज्ञहरूले चिनियाँ सरकारको स्वामित्वमा रहेको लोकप्रिय सामाजिक सञ्जाल एप्लिकेसन टिकटक राष्ट्रिय सुरक्षाका निम्ति जोखिमपूर्ण भएको बताएका छन् । टिकटकले चिनियाँ सरकारलाई स्थान, बायोमेट्रिक पहिचानकर्ता र ब्राउजिङ इतिहासमा पहुँच दिने तथा प्रयोगकर्ताको जानकारी चिनियाँ कम्युनिष्ट पार्टीसम्म पुर्याउने गरेको संघीय जाँच ब्यूरो (एफबिआई)ले उल्लेख गरेको जियानली याङले अमेरिकी अखबार द हिलमा लेखेका छन् ।
एफबिआईले सार्वजनिक गरेको उक्त सूचनाका आधारमा सिनेटर मार्क वार्नरको नेतृत्वमा सिनेटरको एक समूहले हालै वाणिज्य विभागलाई लोकप्रिय सामाजिक सञ्जालमाथि नियमनको अधिकार प्रदान गर्ने कानुन बनायो । राष्ट्रपति जो बिडेनले पनि उक्त कानुनलाई तत्काल अनुमोदन गरेर तुरुन्त पारित गर्न आहृवान गर्नुभएको द हिलमा जनाइएको छ ।
जियानली याङ, पीएचडी, चीनमा सिटिजन पावर इनिसिएटिभ्सका संस्थापक र अध्यक्ष हुनुहुन्छ र ‘हाम्रो लागि, द लिभिङः ए जर्नी टु शाइन द लाइट अन टुथ’ र ‘इट्स टाइम फर ए भ्यालुज वेष्ड ‘इकोनोमिक नेटोका’ लेखक हुनुहुन्छ ।
नीति नियमका विश्लेषकहरूले हानिकारक सोशल मिडिया कम्पनीहरूको डेटा संकलनसँग लड्न आफ्ना प्रयास दोब्बर गर्नुपर्नेमा जोड दिँदै टिकटकमात्र व्यक्तिगत विवरण संकलन गर्ने पहिलो कम्पनी नभएको बताएका छन् । वि च्याटजस्ता धेरै अन्य एप कम्पनीको चिनियाँ कम्युनिष्ट पार्टीसँग सम्बन्ध रहेकाले त्यस्ता विषयलाई सांसदले गम्भीर भएर हेर्नुपर्ने सुझाब लिइएको छ ।
चिनियाँ स्वामित्वमा रहेका सामाजिक सञ्जाल एपहरूमात्र नभई आधुनिक कारहरू पनि व्यक्तिगत विवरण संकलनका माध्यम बनेका, तिनमा जडान गरिएका क्यामेरा र कम्प्युटरले चालकको यात्रास्थल, उसले पसलमा गर्ने किनमेल, सुन्ने गीतसंगीतदेखि उसले कति छिटो सवारी चलाउँभन्नेसम्मका सूचना संकलन गर्ने द हिलमा जियानलीले लेखेका छन् । रासस/एएनआई ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच