
काठमाडौं । नेपालका पारा पौडी खेलाडी भीमबहादुर कुमाल फ्रान्सको पेरिसमा जारी पारा ओलम्पिकमा हिट चरणबाटै बाहिरिनुभएको छ । पौडीको एस-९ विधाअन्तर्गत पुरुष ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नुभएका कुमाल सोमबार भएको खेलमा हिट चरणबाटै बाहिरिनुभएको हो । उहाँले निर्धारित दूरी ३५.०५ सेकेण्डमा पूरा गर्नुभएको थियो । ६ जना खेलाडी रहेको हिट-१ मा उहाँ अन्तिममा रहनुभयो ।
कुमालले विश्व पारा पौडीबाट ‘वाइल्ड कार्ड’मार्फत् पारा ओलम्पिक खेल्नुभएको हो । यसअघि यस स्पर्धामा उहाँकै नाममा ३५.०१ सेकेण्डको राष्ट्रिय कीर्तिमान थियो । कुमालको स्पर्धासँगै पारा ओलम्पिकमा नेपाली खेलाडीको चुनौती सकिएको छ ।
नेपालबाट सहभागी तेक्वान्दोका दुई खेलाडीमध्ये पलेशा गोवद्र्धनले ऐतिहासिक कांस्य पदक जित्नुभएको छ । अर्का तेक्वान्दो खेलाडी भरतसिंह महता पहिलो चरणबाटै बाहिरिनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच