बार्सिलोनाका कप्तान मियामी जाने

Read Time = 3 mins

बार्सिलोना । स्पेनिस क्लब बार्सिलोनाका कप्तान सर्जियो बुस्क्वेट्स अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीमा अनुबन्धित हुनुहुने भएको छ । इन्टर मियामीले बार्सिलोनाका ३४ वर्षीय कप्तान सर्जियो बुस्केट्सलाई अनुबन्ध गर्ने घोषणा गरेको हो । बुस्केट्सले १८ वर्ष बार्सिलोनामा बिताइसक्नुभएको छ ।

यससँगै बुस्क्वेट्स र लियोनेल मेस्सीबीच पुनर्मिलन हुने भएको छ । ३५ वर्षीय मेस्सी पनि यसै सिजन फ्रान्सेली क्लब पिएसजी छाड्दै इन्टर मियामीमा अनुबन्धित भइसक्नुभएको छ । बुस्केट्स र मेस्सीले सन् २००८ देखि २०२१ सम्म बार्सामा १३ सिजनसँगै बिताउनुभएको थियो ।
स्पेनका पूर्वकप्तान बुस्केट्सले बार्सिलोनाका लागि ७२२ खेल खेल्नुभएको छ । जुन क्लबको इतिहासमा तेस्रो सबैभन्दा धेरै खेल हो । सन् २००५ मा बार्सिलोना पुग्नुभएका उहाँले २००८ मा क्लबको सिनियर टोलीबाट डेब्यु गर्नुभएको थियो । स्पेनबाट बुस्केट्सले सन् २०१० को विश्वकप र २०१२ को युरोपियन च्याम्पियनसिपको उपाधि जित्नुभएको थियो ।

यस्तै, पोर्चुगिज मिडफिल्डर रुवेन नेभेस साउदी प्रो लिग क्लब अल हिलालमा अनुबन्धित हुनुभएको छ । अल हिलालले २६ वर्षीय नेभेसलाई इंग्लिस क्लब वल्भ्सबाट क्लबको कीर्तिमानी मूल्य ४७ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । गत जनवरीमा रोनाल्डोले अल नासर पुगेसँगै युरोपको शीर्ष डिभिजनमा सानदार प्रदर्शन गरिरहेका खेलाडीहरूको गन्तव्य साउदी अरेबिया बनेको छ ।

नेभेस सन् २०१७ मा पोर्चुगिज क्लब पोर्टाेबाट च्याम्पियनसिप क्लब वल्भ्समा अनुबन्ध हुनुभएको थियो । नेभेसकै समय २०१७-१८ मा वल्भ्स च्याम्पियनसिपबाट शीर्ष डिभिजनमा बढुवा हुन सफल भएको थियो । नेभेसले वल्भ्समा ६ सिजन बिताउँदा २५३ खेलमा ३० गोल गर्नुभएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?