
काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीका सदस्यहरू सरस्वती चौधरी, निरुता ठगुन्ना र सुमित्रा रेग्मीले नेपाल पुलिस क्लबबाट काभा वुमन्स क्लब च्याम्पियनसिप खेल्ने हुनुभएको छ । पुलिसले यही सेप्टेम्बर दोस्रो सातादेखि माल्दिभ्समा हुने काभा क्लब च्याम्पियनसिपलाई मध्यनजर गर्दै राष्ट्रिय टिमका तीन खेलाडीलाई अनुबन्ध गरेको पुलिसका मुख्य प्रशिक्षक रूपेश विष्ट जानकारी दिनुभयो ।
घरेलु भलिबलमा सरस्वती र निरुताले एपिएफ तथा सुमित्राले न्युडायमण्ड युथ स्पोर्ट्स क्लबबाट खेल्दै आउनुभएको छ । केही समयअघि घरेलु मैदानमा भएको काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपाल उपविजेता हुँदा तीन खेलाडी टिमका सदस्य थिए । पुलिसले घरेलु भलिबलमा च्याम्पियन बन्दै पहिलोपटक काभा वुमन्स क्लब च्याम्पियनसिप खेल्न लागेको हो । त्यसका लागि पुलिसले प्रशिक्षणसमेत सुरु गरिसकेको छ ।
पुलिसमा राष्ट्रिय टिमकै उषा भण्डारी, कामना विष्ट, पुनम चन्द, शान्तिकला तामाङ हुनुहुन्छ भने राष्ट्रिय टिमबाट खेलिसक्नुभएकी कामना पुन र मनिषा चौधरी पनि पुलिस टिममा हुनुहुन्छ । काभा वुमन्स क्लब भलिबल च्याम्पियनसिप सेप्टेम्बर १४ देखि २० सम्म माल्दिभ्समा हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच