काठमाडौं । साफ यू-२० च्याम्पियनसिप फुटबलको फाइनल खेलेको नेपाली राष्ट्रिय टोलीका सदस्यले जनही ६५ हजार ४० रुपैयाँ पाएका छन् । पुरस्कारबापत ५० हजार र टिकटबाट उठेको रकमबाट हरेक खेलाडीले १५ हजार ४० रुपैयाँ पाएको अखिल नेपाल फुटबल संघले जनाएको छ ।
एन्फा कार्यसमिति बैठकले उपविजेता बनेको नेपाली टोलीका खेलाडीलाई जनही ५० हजार रुपैयाँ र टिकटबाट उठेको रकमको २० प्रतिशत दिने निर्णय गरेको थियो ।
प्रशिक्षक उर्जन श्रेष्ठले ५० हजार तथा सहायक प्रशिक्षकहरू सचिन्द्र धिमाल र राजुसिंह महर्जनले पनि जनही २५ हजार रुपैयाँ पाउनुभएको छ । टिम म्यानेजर रविन खड्का र फिजियो अनिश बुढाथोकीलाई पनि २५/२५ हजार रुपैयाँ प्रदान गरिएको छ । अगस्ट अन्तिम साता घरेलु मैदानमा सम्पन्न भएको प्रतियोगिताको फाइनलमा नेपालले बंगलादेशसँग हार बेहोरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच