
काठमाडौं । आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजेकानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ ।
बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको बारेमा छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ ।
दिउँसो २ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि विज्ञसँग छलफल हुनेछ । त्यस्तै दिउँसो २ बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको २०८०÷०८१ को पाँचौं वार्षिक प्रतिवेदनमाथि छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे बस्ने संसदीय सुनुवाई समितिको बैठकमा विभिन्न देशका लागि प्रश्तावित नेपाली राजदुतहरुको सुनुवाइ गर्ने कार्यसूचि रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच