
काठमाडौं । करिब ११५ वर्ष पहिला भारतको कलकत्तामा रेकर्ड गरिएको कालजयी गीत ‘राजमती’को नेपाली भाषामा नेपाली भाषामा आएको छ । गीतलाई पुनः लेखन, संगीत र एरेन्ज गर्दै नेपाली भाषामा ल्याइएको हो । नेपालको पहिलो गायक सेतुराम प्रधानले विसं १९६५ ताका भारतको कलकत्ता गई नेपाली र नेपालभाषाका राजमतीसहित १४ वटा गीतहरू आफैंले गाएर रेकर्ड गराउनुभएको थियो ।
नेपालीले ग्रामोफोन डिस्कमा रेकर्ड गराएको पहिलो घटना यही हो । यही सर्वप्रिय गीतलाई नेपाली भर्सनमा गीतकार कृष्णदेव रिमालको भाषा सम्पादन, गायक कृष्ण काफ्लेको स्वर र सन्तोष श्रेष्ठको संगीत संयोजनमा अहिले ल्याइएको हो । गीतको भिडियो १०० वर्ष अगाडिको कथावस्तु अनुसार नै बनाइएको छ । सागर खनाल र सोनी लगुनलगायत धेरै कलाकारहरूको अभिनय रहेको भिडियोलाई सबनम् मुखियाले निर्देशन गर्नुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच