
काठमाडौं । देशका हरेक भागमा रहेका उद्यमशीलता प्रवद्र्धनका लागि कुमारी बैंकले ‘देशैभरि वर्षैभरि’ उद्यमी केन्द्रित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेकोमा साना उद्यमीलाई वित्तीय सबलता प्रदान गर्न क्युआर कारोबारकै धितोमा क्युआर मर्चेन्ट फोन लोन सुविधा सञ्चालन गर्दै आएको छ ।
उक्त योजनाअन्तर्गत उद्यमीले आफ्ना नजिक रहेका कुमारी बैंकका शाखामा आफ्नो व्यवसायको खाता खोली क्युआरमार्फत् प्रतिहप्ता कम्तीमा दुई व्यावसायिक कारोबार लगातार चार हप्ता भई मासिक कम्तीमा १० हजार रुपैयाँ बराबरको कारोबार उक्त बैंक खातामा हुँदा उद्यमीले दुई लाखसम्मको कर्जा कुनै पनि कागजात वा धितोबिना नै कुमारी बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी सहजै लिन सक्ने बैंकले जनाएको छ ।
यसरी लिएको कर्जाको भुक्तानीको तरिकासमेत उक्त एपमार्फत् नै गर्न सकिने भएकाले व्यवसायीहरू कर्जा लिन तथा तिर्न बैंक जानुपर्ने छैन । यस सुविधाबाट साना उद्यमीहरू सहजै औपचारिक वित्तीय संयन्त्रमा आकर्षित हुने तथा उनीहरूको उद्यमशीलता प्रवद्र्धनमा केही टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच