इजिप्टले एक अर्ब युरोको टायर कारखाना स्थापना गर्ने

Read Time = 1 min

एजेन्सी । इजिप्टले राजधानीको उत्तरपूर्वी स्वेज नहर आर्थिक क्षेत्रमा एक अर्ब युरोको लगानीमा टायर कारखाना स्थापना गर्ने भएको छ । कारखानाले तीन चरणमा चार लाख वर्ग मिटर ओगट्नेछ । परियोजनाले पूर्ण सञ्चालनपछि वार्षिक ७० लाख उत्पादन क्षमताका निजी कार र भारी ट्रकका लागि टायर उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

यो कदम वेज नहर आर्थिक क्षेत्रको धेरै एकीकृत सेवा र औद्योगिक क्षेत्रहरू स्थानीयकरण गर्ने रणनीतिको एक भाग हो । नयाँ कारखानाले सुरुमा घरेलु बजारको आवश्यकताहरू सुरक्षित गर्ने र आयात घटाउने लक्ष्य लिएको छ । यसले प्रत्यक्ष र अप्रत्यक्ष गरी एक हजार रोजगारीको अवसर प्रदान गर्ने बताइएको छ । सिन्हृवा÷न्यूज एजेन्सी नेपाल ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?