
काठमाडौं । ग्लोबल आइएमई बैंकले बैंकमा नयाँ खाता खोल्दा नियमित सुविधासहित पाँचवटा थप सुविधा उपलब्ध हुने विशेष योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत बैंकमा खाता खोल्दा आकर्षक ब्याजदर तथा अन्य नियमित सुविधासँगै डिम्याट खाता, मेरो सेयर, सि–आस्वा तथा टिएमएस खाता खोल्न आवेदन दिन पाइनेछ ।
ग्लोबल आइएमई क्यापिटलमा धितोपत्रको कारोबारका लागि आवश्यक पर्ने डिम्याट खाता र सोको सञ्चालनका लागि मेरो सेयर, आइपिओ भर्न चाहिने सि-आस्वा रजिष्ट्रेसन नम्बर र जेबिएनएल सेक्युरिटिजमा सेयर बजारमा सेयर खरिद तथा बिक्रीका लागि आवश्यक पर्ने टिएमएस खाता सुविधा ग्राहकले पाउने बैंकले जनाएको छ ।
बैंकमा नयाँ खाता खोलेर वा आफ्नो भइरेको खाता परिमार्जन गरेर र निष्क्रिय भएको खातालाई सक्रिय गराएर पनि योजनामा सामेल हुन सकिने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच