रोल्पा । पहिरोका कारण रोल्पाको सहिद मार्गको होलेरी र दाङको घोराही सडक खण्ड पुर्ण रूपमा अवरुद्ध भएको छ ।
गएराती परेको अविरल बर्साको कारण उक्त सडक खण्डको दाङ जिल्लाको बगाले गाउँको नजिकै रहेको ओडारे खोला सडक खण्डमा ठुलो पहिरो जादा शुक्रबार बिहान देखी नै सडक पुर्ण रूपमा अबरुद्ध भएको रोल्पाको होलेरी स्थित ट्राफिक प्रहरीले बताएको छ ।
उक्त सडकखण्डमा सडकको माथी बाट ठुलो पहिरो झरेर सडक पुर्ण रूपमा अबरुद्ध भएको र पहिरो हटाउनका लागि एउटा मात्र सानो डोजरले काम गरिरहेको हुँदा पहिरो हटाउने कार्यमा ढिलाइ भएको र पहिरो हटाउन शुक्रबार दिनभर समय लाग्न सक्ने स्थानीयले बताएका छन् ।
सडक अबरुद्ध हुँदा शुक्रबार बिहान देखि नै उक्त सडक हुँदै रोल्पा, रुकुम, प्युठान, दाङ जाने सार्वजनिक तथा नीजि सवारी साधनहरु बीच सडकमै रोकिएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच