काठमाडौं । रेडियन्ट रिडर्स एकेडेमीको आयोजनामा उपत्यकाव्यापी अन्तरविद्यालय थ्री अन थ्री बास्केटबल प्रतियोगिता भदौ २८ गतेदेखि हुनेभएको छ । रेडियन्ट रिडर्सले आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा प्रतियोगिता आयोजना गर्न लागेको रेडियन्टका संस्थापक प्रिन्सिपल डिके ढुंगानाले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।
प्रतियोगितामा उपत्यकाका ५० भन्दा बढी विद्यालयको सहभागिता रहने रेडियन्टका इसिए इन्चार्ज राजेन्द्र कपालीले जानकारी दिनुभयो । ब्वाइजमा २४ तथा गल्र्समा १६ टिमको सहभागिता अपेक्षा गरिएको आयोजकले जनाएको छ । विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले पाँच हजार नगद पुरस्कारसहित ट्रफी पाउने छन् ।
संस्थापक प्रिन्सिपल ढुंगानाले खेलकुदको विकासका लागि विद्यालय तहबाटै खेल विकास आवश्यक रहेको बताउँदै त्यसका लागि विद्यालय तहमा खेललाई अनिवार्य रूपमा समावेश गर्नुपर्ने बताउनुभयो ।
उहाँले यस रजत महोत्सवका अवसरमा क्रिकेटका प्रतियोगिता पनि आयोजना गर्ने बताउँदै रेडियन्टले आफ्नै क्रिकेट एकेडेमी पनि स्थापना गर्न लागेको जानकारी दिनुभयो । तीनदिने प्रतियोगिताका खेलहरू लिग कम नकआउट आधारमा सानेपास्थित आयोजकको आफ्नै कोर्टमा हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच