वासिङ्टन डिसी । बोइङको स्टारलाइनर अन्तरिक्ष यान शुक्रबार (स्थानीय समय) परिक्रमा गरिरहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस) बाट अलग भएको छ । उक्त यान अन्तरिक्ष यात्री सुनिता विलियम्स र बेरी विल्मोरलाई नलिई पृथ्वीमा फर्कने अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले बताएको छ ।
यानले शनिबार (स्थानीय समय) मा न्यु मेक्सिकोको हृवाइट स्यान्डर्स स्पेस हार्बरमा अवतरण गर्ने लक्ष्य बनाएको छ ।
नासाका अन्तरिक्ष यात्री बेरी ‘बुच’ विल्मोर र सुनिता ‘सुनी’ विलियम्स जुन ५ मा बोइङको स्टारलाइनर अन्तरिक्ष यानमा आफ्नो पहिलो चालक दलको उडानका लागि जुन ६ मा अन्तरिक्ष स्टेसनमा पुग्नुभएको थियो । दुवै अन्तरिक्ष यात्री एउटै उडानबाट पृथ्वीमा फर्कने अपेक्षा गरिएको थियो ।
स्टारलाइन परिक्रमा प्रयोगशालामा पुग्दा नासा र बोइङले हिलियम चुहावट र अन्तरिक्ष यान प्रतिक्रिया नियन्त्रण थ्रस्टर्समा समस्याहरू भएको पहिचान गरे । त्यसैले अन्तरिक्ष यात्रीहरूको सुरक्षाका लागि नासाले अगस्ट २४ मा स्टारलाइनर चालक दलबिना स्टेसनबाट पृथ्वीमा फर्कने घोषणा गर्यो ।
बुच विल्मोर र सुनी विलियम्सले कार्गोका साथ स्टारलाइनर प्याकिङ र फिर्ताका लागि यसको क्याबिनलाई कनफिगर गर्ने काम पूरा गर्नुभयो । नासाले दुवै अन्तरिक्ष यात्रालाई चालक दलबिना प्रस्थानका लागि तयार गर्न बिहीबार दिउँसो अन्तिम पटक स्टारलाइनसको हृयाच बन्द गर्यो ।
विल्मोर र विलियम्स अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमै रहनुहुनेछ र नासाको स्पेसएक्स क्रु-९ मिसनका लागि नियुक्त अन्य दुई चालक दलका सदस्यसँग स्पेसएक्स ड्र्यागन अन्तरिक्ष यानमार्फत् सन् २०२५ फेबु्रअरीमा घर फर्कनुहुनेछ ।
स्पेसएक्स र बोइङ दुवै व्यावसायिक बिक्रेताहरू हुन् । यिनीहरूलाई नासाले अमेरिकी-प्रक्षेपण अन्तरिक्ष यात्रीहरूलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा पठाउन जिम्मेवारी दिएको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच