काठमाडौं । बजाज मोटरसाइकलको नेपालस्थित आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले नेपालीहरूको महान् चाड बडादशैँ, तिहार र छठका अवसरमा नयाँ स्किम ‘क्यास सफारी’ल्याएको छ । ‘हात हातमा हात्ती, लकमा लखपति’ को सन्देशसहित यसपालिको चाडपर्व विशेष हुने कम्पनीले जनाएको छ ।
योजनाअन्तर्गत ग्राहकले हरेक बजाज खरिदमा स्योर सटरूपमा एक लाखसम्म क्यास जित्न सक्नेछन् भने साप्ताहिक-ड्रअन्तर्गत हरेक हप्ता एक जोडीले चितवनमा जंगल सफारीको अवसर पाउनेछन् । त्यसैगरी बम्परमा एक जोडीले केन्यामा जंगल सफारीको अवसर पाउने कम्पनीले जनाएको छ । कम्पनीका हेड अफ मार्केटिङ अमितराज चालिसेले भन्नुभयो, ‘हरेक वर्षझैं यस वर्ष पनि हामीले ग्राहकमाझ चाडपर्वको अवसर पारेर आकर्षक स्किम लिएर आएका छौँ ।
यस्ता स्किममार्फत् ग्राहकलाई फरक किसिमको अनुभव प्रदान गर्नु बजाजको प्रतिबद्धता रहँदै आएको छ । यस वर्ष पनि बजाजले ग्राहकको चाड विशेष बनाउने हामी विश्वस्त छौँ ।’ कम्पनीले इजी फाइनान्स र ५० प्रतिशत डाउनपेमेन्ट अफर पनि ल्याएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच