बिपी जयन्तीमा फलफूल वितरण

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 3 mins

गुल्मी । गुल्मी अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । १११ औं बिपी जयन्तीको अवसरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति गुल्मीले यस अस्पतालमा रहेका बिरामीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरेको हो ।

त्यस अवसरमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवनप्रसाद श्रेष्ठले देशमा भएका हरेक परिवर्तनको जग बिपी कोइरालाले सञ्चालन गर्नुभएको बताउनुभयो । बिपीकै विचारका माध्यमबाट देशमा हरेक परिवर्तन सम्भव भएको भन्दै उहाँले बिपी कोइराला समग्र परिवर्तनको संवाहक भएको बताउनुभयो ।

बिपीवादका कुरा गर्ने हामी सबैले बिपीका विचारको अनुसरण गर्न जरुरी छ । बिपीले देखाएको सत्कर्ममा सबै हिड्नुपर्ने भन्दै उपसभापति श्रेष्ठले गुल्मी अस्पतालमा धेरै सेवाहरु थप भएको बताउनुभयो । गुल्मी अस्पतालमा विभिन्न सेवाहरु थप गर्नको लागि रेसुङ्गा नगरपालिका निकै लागेको भन्दै नगरप्रमुख खिलध्वज पन्थीसहित सम्पूर्ण टिमलाई विशेष धन्यवाद दिनुभयो ।

नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले बिपीका नीति, विचार र सिद्धान्तलाई सबैले अनुसरण गर्न जरुरी रहेको भन्दै उहाँका नीति, विचार र सिद्धान्त अहिले पनि निकै सान्दर्भिक रहेको बताउनुभयो । बिपीका विचारलाई सबैले व्यवहारमा लागू गर्नुपर्ने भन्दै गुल्मी अस्पतालमा रहनुभएका सम्पूर्ण बिरामीगरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।

सचिव भगत सिंह खड्काले बिपी कोइराला नेपाली कांग्रेस पार्टीको स्थापनासंगै पार्टीको नीति प्रजातान्त्रिक समाजवादको प्रणेता समेत भएको बताउनुभयो । तत्कालीन समयमा नेपाली समाजमा भएका कुरितीको अन्त्य गर्दै बिपी समाज रुपान्तरण र नागरिकको पक्षमा सधै लाग्नुभएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?